Archive

 

सपनाको मोल

[साप्ताहिकमा पढ्नुहोस्]

विदेशिनुअघिको तिम्रो सपना
बाबुको सपना
भाइ–बहिनीको सपना
इष्टमित्र तथा साथीभाइको सपना
छिमेकी र तिम्रो गाउँको सपना
तिम्री आमाको सपना र
देशको सपना
तिमी कुन सपनाको
बाटो पछ्याउँदैछौ ?


एसएलसी फूल

[बाह्रखरी डटकममा पढ्नुहोस्]

स्कुल पढ्दासम्म ज्ञानु सरले ‘बिहेवारी बीस पारि’ भनेर सिकाउँथे । यसपालि उनैले सिकाए, “आखिर एकपटक गर्नैपर्ने काम हो, किन ढिला गर्नु ! छोरी भएपछि अर्काको घरमा जानु नै पर्छ ।” जुनुको उमेर १८ पुगेको बताउने सल्लाह बा र ज्ञानु सरले गरे ।
स्कुलमा सामाजिक र जनसंख्या शिक्षा पढाउने ज्ञानु सरको यो दोस्रो अवतार थियो । जुनुलाई सरको कुरा पटक्कै मन परेन । उसले सोधी, “सर तपाईंले स्कुलमा पढाउने र घरमा गर्ने कुरामा किन यति धेरै फरक ?”
सरले निन्याउरो मुख लाएर उत्तर दिए, “स्कुलमा कोर्सका कुरा हुन्छन् । पाठ्यक्रममा जे–जे लेखेको छ त्यही पढाउनुपर्छ तर घरमा व्यवहार प्रमुख हुन्छ । पाठ्यक्रममा लेखेका कुराले घर–व्यवहार चल्दैन ।”


घरबहालको बेथिति, डेरावालको बिजोग

[बिजपाटी डटकममा पढ्नुहोस्]

आजको मितिमा कसैले काठमान्डु बेथितिको केन्द्र हो भन्छ भने त्यो अत्युक्ति हुँदै होइन । यहाँ राज्यका यतिविधि विद्वान, स्रोतसम्पन्न र जानेबुझेका मान्छेहरु एकैठाउँ नथुप्रिएको भए काठमान्डुको यो गति हुने थिएन भन्ने पंक्तिकारको मत हो । सबैखालका बुज्रुक/उपबुज्रुक, धनीमानी र गन्यमान्यको उपस्थितिले जन्माएको अस्वस्थ मनोवैज्ञानिक प्रतिस्पर्धा बेथितिको मुख्य कारक तत्व हो । काठमान्डुले जन्माएको बेथितिको बारेमा बहस गर्नुपर्ने अनेक पाटाहरु छन् । यद्यपि यो आलेख काठमान्डुमा आश्रित निमुखा, श्रमजिवी र विद्यार्थी वर्गले घरबहालको बेथितिका कारण झेल्नुपरेको सास्तीमा केन्द्रित छ ।


छ्या ! तीज गीत

[म्युजिक खबर डटकममा पढ्नुहोस्]

तीजको गीतलाई महिला–पुरुषको संवादको शैलीमा ढालेर गाउने परिपाटीको सुरुवात लोकगायक प्रजापति पराजुलीले गरेका हुन् । त्यसअघि तीज गीत र नाचगानमा पुरुषको भूमिका ’सेकेन्डरी’ हुन्थ्यो । पराजुलीको शैलीलाई पछ्याउँदै पुरुषोत्तम न्यौपाने लगायत उनका समकालीनले तीज गीतमा नयाँ नयाँ थेगोको प्रयोग गर्न थालेको पाइन्छ । यद्यपि त्यो शैली आफैमा नराम्रो होइन । त्यही शैलीलाई पछ्याउने नाउँमा दोस्रो पुस्ताले तीज गीतलाई हदैसम्म विकृत बनाउँदै लगेको छ । आजको मितिसम्म आइपुग्दा तीज गीत गायनमा पुरुष कलाकारको ’तँछाड् मछाड्’ देखिन्छ । तीज गीतमा अश्लिलता भित्र्याउने र त्यसलाई बढावा दिने काम दोस्रो पुस्ताका पुरुष कलाकारहरुले गरिरहेका छन् भन्दा अत्युक्ति हुँदैन । आफुले गर्दै नगरे पनि हुने काममा अघि सर्नु र त्यसको मर्यादा राख्न नसक्नु लाजमर्दो विषय हो ।


विपत्ति र राहतको रोइलो

[नेपाल तारा डटकममा पढ्नुहोस्]

राज्य गलत र राज्यका अङ्गहरुबाहेकका संस्था सदैव ठीक हुन्छन् भन्नु कुतर्क हो । जनताले भूकम्पपश्चातको राहत प्याकेजमा ‘बाइबल’ समेत पठाइएको र ‘सैतान’को कथा हालिएको बिर्सिएका छैनन् ।
भूकम्प पीडितका लागि सहायता उपलब्ध गराउने नाउँमा फाइदा लिने व्यक्ति र संस्थाको तस्वीर पनि मष्तिस्कबाट हटिसकेको छैन । त्यसैले एकद्वार प्रणालीको विरोध गर्नेहरुलाई सबैले पत्याइदिनुपर्ने आवश्यकता छैन । प्रभावकारी राहत वितरणको पवित्र उदेश्य हुनेहरुले एकद्वार प्रणालीको विरोध गर्नु अर्थहीन छ ।


‘कुबेर खड्का’को घरमा रामेश्वर खनाल

[खबरडबली डटकममा पढ्नुहोस्]

अपवाद बाहेक मान्छेहरुको नाम र काम मिल्दैन । बोली र व्यवहार मिल्दैन । नेपाली धनबहादुर, मनबहादुर र कुबेरहरु नामले अर्थ्याएको भन्दा ठीक उल्टो अवस्थामा हुन्छन् । त्यसैले नयाँ शक्तिले नयाँ तरिकाले नै काम गर्छ भन्नेमा विश्वस्त हुने आधार छैन ।
उच्च प्रशासक र विज्ञ व्यक्तिको छवि बनाएका रामेश्वर खनालले समेत कुबेर खड्का नाम भएको व्यक्ति साँच्चिकै कुबेर हो भन्ने ठान्नु उदेकलाग्दो कुरा हो । आशा गरौं, उनले कुबेर ठानेको व्यक्ति गाउँको सबैभन्दा धनी व्यक्तिसम्म होस् । उसको घर बलियो होस् । केही वर्षपछि ‘रातो स्टिकर’ लगाएर बाहिरिनु नपरोस् ।


उर्वशी अनि ‘सरकारको सिन्दुर’

[सेतोपाटी डटकममा पढ्नुहोस्]

बिहे भएको पन्ध्र महिनामा उसले सरकारी सिन्दुर लगाई। ऊ सुब्बा भई। जेठाबालाई मनपर्ने पेसा सुरु भयो। जेठाबाको जस्तै रवाफिलो जीवन जिउने बाटो सुरु भयो। सुरुमा उसलाई यस्तै लागेको थियो। जागिर सुरु गरेको ठीक एक महिना पन्ध्र दिनमा छोरी जन्मी। छोरीको नाम उर्वशी रह्यो। उसलाई छोरीको थरपनि आफ्नो जस्तै बनाउने इच्छा नभएको होइन। प्रस्ताव नराखेकी पनि होइन। तर जतिसुकै पढालेखा, बुझकी परिवार भए तापनि त्यो कुरा सम्झाउन सकिन। परिवारको निर्णयले जित्यो। बाबुकै थर राखियो–उर्वशी पौडेल।
सिंहदरबारनेर देखेको करिब एक महिनापछि प्रकृतिसँग भेट भयो। उसले बाह्र कक्षा सकिएर हामी छुटेपछिका हरेक घटनाको बेलीबिस्तार लगाई।

नेपाली कांग्रेसको कार्यभार

[हिमालय टाइम्समा पढ्नुहोस्]

एमाओवादी नेता राम कार्कीको तर्क मान्ने हो भने कम्युनिस्टको ब्याड राख्नुपर्छ तर कांग्रेस जहाँ छरेपनि उम्रन्छ । यति सजिलै जहाँ छरेपनि उम्रिने कांग्रेसलाई बिस्तार गर्न नसक्नुको कारण के हो ? कमजोरी कसको हो ? अब कांग्रेस नेताहरूले यी प्रश्नको त्यसको निदान खोज्नुपर्छ । त्यसको लागि उचित मौका आएको छ ।
पोलिटिकल वा पारिवारिक ‘लिगेसी’, फलानो–ढिस्कानो दा’, फलानो गुट वा झुण्डलाई प्राथमिकता नदिएर पार्टी आफ्नो र आफू पार्टीको हुँ भन्ने मानसिकतामा कांग्रेस राजनीति गर्नेहरूमा होस् । यदि छैन भने पार्टीले संस्थागतरूपमै त्यसको विकासको लागि पहल गरोस् । नेतृत्वले आफ्नो र अर्को को हो भन्ने अंकगणितको बहीखाता बन्द गर्ने आँट गरोस् । कहिल्यै ढुलमुल नगर्ने बहुलवाद, कांग्रेस र प्रजातान्त्रिक विचारप्रति आस्थावान् ‘ओपन मास’ ले कहिल्यै कांग्रेसलाई छोडेर जाँदैन ।