गजल

कि यो शहरको दास हुनुपर्छ
कि त तिमी बदमास हुनुपर्छ

शहरमा शहरकै चालमा हिँड
अन्यथा अवकाश हुनुपर्छ

यौटा सज्जन अनि दुर्जनको
यहाँ त सहवास हुनुपर्छ

सपना देख्दै खुशी फुलेका
कति दिन त हतास हुनुपर्छ

यो गाउँले भन्दा फरक नभए
तिमीले पनि निराश हुनुपर्छ

(मिर्मिरे मिडिया क्लब स्मारिका-५ मा प्रकाशित)