समय र तिमी

अस्पष्ट मानव-आकृति
जँड्याहाको लेक्चर
निस्पट्ट अँध्यारो र चर्को घाम
मुन्द्राधारी ठिटो र कुरौटे आइमाइहरू
मायालु यातायातको ‘प्रेसर हर्न’
डेभिज फल्सको गहिराइ
अनि फेवातालको छाल
सबैसबै उस्तै छन्

समयको अग्रगमन र प्रतिगमनमा
घडीको उल्टो र सुल्टो घुमाइमा
तिमीलाई तर्साउने कारणहरु बदलिएका छैनन्

उस्तै छ चट्याङको आतंक
मायालु यातायातको ड्राइभर
र त्यो जँड्याहा मान्छे
समयमात्र हो बदलिएको
अहँ, बदलिएका छैनन्
तिमीलाई तर्साउने कारणहरु ।